बस पल्टिँदा २३ घाइते

प्रताप रानामगर

दमौली — पृथ्वी राजमार्गमा पर्ने तनहुँको आबुखैरेनी २ नारीघाटमा आइतबार बस पल्टिँदा २३ जना यात्रु घाइते भएका छन् । बेंसीसहरबाट मुग्लिन जाँदै गरेको ना ४ ख ७८४२ नम्बर बस अन्यन्त्रित भई पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

बस पल्टिँदा २३ घाइते

घाइते सबै यात्रुको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना यात्रु थिए । बस सडकबाट १५ मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक ४, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?