कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

१५ जुवाडे पक्राउ

नारायण शर्मा

नवलपरासी — गैंडाकोटको एक घरमा कौडा खेल्दै गरेका १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकैको एक जीर्ण घरमा जुवा खेलिरहेका उनीहरुलाई सोमबार बिहान ३ बजे पक्राउ गरिएको ईलाका प्रहरी गैंडाकोटले जनाएको छ ।

१५ जुवाडे पक्राउ

उनीहरुको साथबाट प्रहरीले ४ लाख ७ हजार २ सय ४० रुपैयाँ नगद र कौडा बरामद गरेको छ । पक्राउ पर्नेहरुमा गैडाकोट रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका खुमप्रसाद, बिमल श्रेष्ठ, अनिल शाह, वडा नंबर ४ का श्याम लामा, २ का प्रदीप लामा, निर्मल श्रेष्ठ, कृष्णहरि शर्मा, ४ का ३१ विकास क्षेत्री, अशोक लामिछाने, गोपाल गौतम, चितवनकै रत्ननगरका बिशाल बस्नेत, कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्ला बेंसीसहर २ बस्ने १८ वर्षीय विपिन गुरुङ रहेका छन् ।


उनीहरु पेशेवर रहेकाले थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए । गैंडाकोटबाट तिनसाता अघि पनि ८ जुवाडे पक्राउ परेका थिए ।


प्रकाशित : कार्तिक ५, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?