वेनीको पानी कोटमा

कान्तिपुर संवाददाता

गलेखामकोट, तनहुँ — अग्लो डाँडा । डाँडाको टुप्पामा चौबिसे राजाका पालाको हतियार भण्डार । हतियारसँगै भैरवी भैरवीको मन्दिर । गलेखाम कोटमा अझै पनि नेपाल एकीकरणभन्दा पहिलेका हतियार देख्न पाइन्छ । 

वेनीको पानी कोटमा

व्यास नगरपालिका वडा नं ६ मा पर्ने साविक श्याम्घा गाविसको यो कोटमा यसपालिको महानवमीमा विशेष पूजा गरियो ।

यो पूजा किन विशेष थियो भने पुजाका लागि मादी सेती वेनीबाट एकाबिहानै पानी ल्याइएको थियो ।

दमौलीबाट करिब १८ किलोमिटर दुरीमा पर्ने कोटसम्म कलशमा पानी पुर्‍याउनका लागि बिहान ५ बजे नै अम्रेनी, बासपानीबाट गाउँलेहरु दमौली पुगेका थिए ।


जल कशल लिएर आएको टोलीलाई ठाउँ ठाउँमा बाजागाजा सहित स्वागत गरिएको थियो ।

गलेखाम कोट भैरवी पर्यटन क्षेत्र विकास समितिले आयोजता गरेको यो पुजामा व्यास नगरका मेयर बैकुन्ठ न्यौपानेलगायत सहभागी थिए ।


कोटमा चार तलाको भ्यूटावर पनि निर्माणाधीन छ । भ्युटावरबाट पोखरा सहर, फेवाताल, मादि नदि र वरपरका क्षेत्रहरु देख्न सकिने समितिका सदश्य चन्द्रकान्त भण्डारीले बताए ।

प्रकाशित : कार्तिक ५, २०७५ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?