कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपचारको बाहानामा युवतीमाथि कुटपिट

प्रतिक्षा काफ्ले

स्याङ्जा — मानसिक विरामी रहेकी वालिङ नगरपालिका १४ की एक युवतीलाई झारफुकबाट उपचार गर्ने बाहानामा निर्घात कुटपिट गरिएको छ ।

उपचारको बाहानामा युवतीमाथि कुटपिट

दशै‌ंको कोजाग्रत पूर्णिमाका दिन भीरकोट नगरपालिका–५ स्वरेकमा रहेको कालिका मन्दिरमा २१ वर्षीया युवती खगीसरा कुँवरलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।


मानसिक विरामी रहेकी ती युवतीलाई कालिका मन्दिरमा धामी झाक्री गरे निको हुन्छ भन्ने मान्यताका आधारमा भीरकोट नगरपालिका–५ थालेखर्कका ६० वर्षीय रितबहादुर थापाले कुटपिट गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए ।


आफू झाँक्री रहेको बताउने रितबहादुरबाट झारफुकको बाहानामा दुर्व्यवहार भएको स्थानीयले अाराेप लगाएका छन् । ‘महिलामाथि यस्तो घटना हुँदा आजसम्म न पीडित पक्षले नै हामीलाई जानकारी गराएका छन्, न त समाज र जनप्रतिनिधिले नै,’ प्रहरी निरीक्षक आचार्यले भने, ‘हामीले सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडियोको आधारमा पीडित र पीडकको खोजी गरेका हौं ।

अहिलेसम्म पीडित पनि सम्पर्कमा आएका छैनन् । पीडक भागेको आशंका छ । खोजी जारी गरेका छौ ।’


थापा कालिका मन्दिरका पुजारीसमेत हुन । ‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारी नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपिट गरेका रहेछन्,’ आचार्यले थपे, ‘युवतीको उपचारको लागि घर परिवारले नै मन्दिरमा पुर्‍याएको जानकारी आएको छ ।’ सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीय मुकदर्शक बनेर हेरिरहेका थिए ।


ती युवतीकाे पक्षमा बोल्ने र समाल्ने कोही नरहेको भीरकोट नगरप्रमुख छायाराम खनालले बताए । ‘आफ्नै क्षेत्रमा भएका यस्ता घटना पनि हामीलाई थाहा थिएन,’ खनालले भने, ‘मेरो फेसबुकमा भिडियो ट्याग गरेका रहेछन् । तबमात्र मलाई जानकारी भयो ।’

झाक्री बनेका रितबहादुर सोही वडामा गत स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेको खनालले बताए । उनले महिलामाथि अत्याचार हुदाँ रमिते बनेका सबैलाई कारवाही गर्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?