१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

संविधान कार्यान्वयन सँगै राष्ट्रियता सुदृढ बनाउने एजेण्डा लैजान आग्रह

प्रकाश बराल

बागलुङ — नेपाल कम्प्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सुगौली सन्धि पुनरावलोकन मार्फत राष्ट्रिय अखण्डता बचाउनुपर्ने बताएका छन् । 

संविधान कार्यान्वयन सँगै राष्ट्रियता सुदृढ बनाउने एजेण्डा लैजान आग्रह

बागलुङमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले सिमारेखाहरु मिचिईरहेपनि नेतृत्वले चासो राख्न नसकेको टिप्पणी गरे । ‘सुगौली सन्धीका बेला महाकाली नदीको सिमाना भनिएपनि पश्चिम सिमाना धेरै मिचिएको छ’ खनालले भने, ‘लिपुलेक भन्दा धेरै परबाट नेपालको सिमा मिचिएको छ ।’ नेपालको छातिमा विदेशी सेनाले परेड खेल्दा नेतृत्वले बोल्न नसकेको उनले आरोप लगाए ।


संविधान कार्यान्वयनको लागि राष्ट्रियता सुदृढ बनाउने एजेण्डा पनि सँगै लैजान उनले आग्रह गरे । नेपाल र नेपालीका लागि अहिले ६ वटा कार्यभार रहेको भन्दै सबै राजनीतिक दल, सरकार र आम नागरिकबाट ती कार्यभार पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा,राष्ट्रियताको सुदृढीकरण,सामाजिक आर्थिक रुपान्तरण,सुशासन,सांस्कृतिक विकास र समान अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए ।


नेपाली जनता र राजनीतिक दलले ६० वर्षदेखि संविधानका लागि लडेको र एक दशक संविधान निर्माणमा खर्च गरिसकेकोले बल्ल राष्ट्रिय कार्यभार पुरा गर्ने बेला आएको बताए ।


‘देशको कार्यभार पुरा गर्न जनताले नेकपालाई मत दिएका छन्, अब हामीले पुरा गर्ने बेला आएको छ’ उनले भने,‘पुरा गर्न नसक्दा जनताले अन्य दललाई अभिमत दिन सक्छन् ।’ लामो समयसम्म संघर्ष गरिरहेका दुई दल (एमाले र माओवादी) एकताबाट निस्केको बलबाट राष्ट्रिय कार्यभार पुरा गर्न सक्ने दाबी पनि गरे ।


देशले चाहेको कार्यभार पूरा गर्न जंगी र सामान्य प्रशासनमा सुशासन ल्याउन जरुरी भएको उनले बताए । ‘हाम्रो प्रशासन प्रो एक्टीभ भएन भने सुशासन कायम गर्न सकिंदैन’उनले भने,‘भ्रष्टचारमा चुर्लुम्म भएर सुखी नेपाली र समृद्ध नेपालको कार्यभार अलपत्र रहन्छ ।’ उनले राणाकालीन र पञ्चायतकालीन फोहोरी प्रशासन धोइपखाली गर्नुपर्ने टिप्पणी पनि गरे ।

प्रकाशित : कार्तिक १७, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?