धुलाम्मे दाउन्ने सडक टाल्न सुरु 

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने खण्डको खाल्डैखाल्डा र धुलाम्मे सडक टाल्न सडक डिभिजन कार्यालयले तदारुकता देखाएको छ ।

खाल्डाखुल्डीले १४ किलोमिटर सडक पार गर्न घन्टौ लाग्ने र दुर्घटनाको जोखिम बढेपछि यस्को चौतर्फी विरोध भएपछि सडक कार्यालयले हतारहतारमा अमानतमा सडक टाल्न थालेको हो ।

Yamaha

दाउन्ने खण्डमा पर्ने १४ किलोमिटर सडक खण्डको ९ किलोमटिर भन्दा बढी भाग हिँडनै नसकिने अवस्थामा छ । दसैं सकिएपछि सडक कार्यालयले अमानतमा काम थालेको हो । ‘काम गतिलो र स्तरीय नभएपनि आँखामा छारो हाल्ने गरी टालटुल सुरु भएको छ । ’ उक्त सडक खण्ड पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले भने,‘अमानतको काम भएकाले कर्मचारी मोटाउँछन तर सडक टिकाउ हुन्न ।’

गाउँपालिकाका अध्यक्ष जिसीले दाउन्ने सडक सडक खण्डमा ३६५ दिन नै सडक मर्मत भइरहने तर सर्लक्क हिँडन मिल्ने कहिल्यै नभएको बताए । उनले दाउन्ने सडकमा सरकारले विगत १५ वर्षसम्म गरेको लगानीको छानबिन गरेर सार्वजनिक गर्न माग गरेका छन् ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनिले दाउन्ने सडक भत्किएर बिजोग भएका कारण हतारहतारमा अमानतमा भएपनि मर्मत थालेको कान्तिपुरलाई बताए । सडक भत्किएर बिजोग भएको भन्दै चौतर्फी आलोचना भएपछि तत्काल हिँड्न मिल्ने बनाउन अमानतमा काम थालेको र भत्किएको खण्ड सम्याउने काम भैरहेको उनले जानकारी दिए ।

‘२६ जना श्रमिकलाई बर्दघाट एकै ठाउँमा राखेर घरै जान नदिएर रातदिन काममा लगाएर ठुला खाल्डा पुरी सकें’ मरासिनिले भने ठूला खाल्डा र धुलो नियन्त्रणमा आइसक्यो अब केहि दिनमा धेरै भत्किएको खण्ड मर्मत गरेर सकिन्छ ।

उक्त सडक खण्डमा डेढ फुटसम्म गहिरा खाडल र धुलैधुलो भएका कारण दिउँसै बत्ति बालेर गाडी हिँडाउनुपर्ने बाध्यता थियो । जताततै भत्किएको र अचाक्ली बाक्लो धुलोका कारण गाडीले दिउँसै बत्ति बाल्नपर्ने अवस्था छ । त्यसखण्डमा ओहोरदोहोर गर्ने यात्रुको बिजोग छ ।

प्रकाशित : कार्तिक १७, २०७५ १७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साइकल यात्री श्रेष्ठलाई श्रद्धाञ्जली, दर्घटनास्थलमा राखियो सेतो साइकल

कान्तिपुर संवाददाता

काठमाडौँ — एक हप्ता अघि कीर्तिपुरस्थित भल्भ च्याम्बरमा खसेर मृत्यु भएका साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई एक कार्यक्रमकाबीच शनिबार श्रद्धाञ्जली दिइएको छ । 

साइकल यात्री श्रेष्ठलाईश्रद्धाञ्जली अपर्ण गर्दै । तस्बिरः शिल्पा कर्ण / कान्तिपुर



ल्याबोरेटरी स्कुलको अगाडिको दुर्घटना स्थलमै पुगेर साइकलयात्रीहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उपत्यकाका साथै काभ्रेका विभिन्न साइकल प्रयोगकर्ताहरूको संगठन, श्रेष्ठ आबद्ध मनोक्रान्ति नेपाल लगायतका संस्थाहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनको सम्झनामा घटनास्थलमा सेतो साइकल राखिएको छ।

चागल निवासी श्रेष्ठकी दिदी सुभद्राले राज्यबाट क्षतिपूर्ति पाउनुपर्ने बताएकी छन्। कार्यक्रममा बोल्दै उनले यो सामान्य दुर्घटना मात्र नभइ राज्यको लापरबाहीले श्यामको ज्यान लिएको बताइन्। सुभद्राले भावुक हुँदै आफ्नो भाइको ज्यान जानुमा राज्यको कतै न कतै दोष रहेकाले दोषी उपर कारबाही हुनुपर्ने बताइन्।
पत्रकार तथा नागरिक अगुवा कनकमणी दिक्षितले श्रेष्ठको मरण व्यर्थ जान दिन नहुने बताए। ‘यस घटनामा कानुन र जवाफदेखिताको कुरा ल्याइनैपर्छ,’ दिक्षितले भने, ‘सानो जमात भएपनि आन्दोलनको सुरुआत गर्नुपर्छ। काठमाडौं स्मार्ट सिटी होइन, साइकल सिटी बन्नुपर्छ।’

नेपाल साइकल सोसाइटिका अध्यक्ष रत्नराम श्रेष्ठले सम्बद्ध निकायहरूको गैर जिम्मेवारीपनले पीडित परिवारलाई थप पीडा दिएको बताए।

साइकल यात्री श्रेष्ठको सम्झनामा दुर्घटनास्थलमा राखिएको सेतो साइकल। तस्बिरःशिल्पा कर्ण/कान्तिपुर

योगा शिक्षक र अध्यात्मतर्फ झुकाव राख्ने ३८ वर्षीय श्याम सुन्दर श्रेष्ठको घर फर्किने क्रममा गत शुक्रबार भल्भ च्याम्बरमा खसेर मृत्यु भएको थियो। भोलिपल्ट शनिबार बिहानै साइकल सहित उनको शव भेटिएको थियो।

सडकमा राखिएको स्ल्याबमा साइकल ठोक्किएर खाल्डोमा लडेको र टाउकोमा चोट लाग्दा अचेत भई मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना लगत्तै केयुकेएलले उघारिएको उक्त भल्भ च्याम्बर स्ल्याबले छोपेको थियो। केयुकेएल प्रमुख महेश भट्टराईले प्रहरीले छानबीन प्रतिवेदन दिएपछि मात्र गल्ती देखिए क्षतिपूर्तिका विषयमा सोच्ने बताएका छन्।

प्रकाशित : कार्तिक १७, २०७५ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT