कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धुलाम्मे दाउन्ने सडक टाल्न सुरु 

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने खण्डको खाल्डैखाल्डा र धुलाम्मे सडक टाल्न सडक डिभिजन कार्यालयले तदारुकता देखाएको छ ।

धुलाम्मे दाउन्ने सडक टाल्न सुरु 

खाल्डाखुल्डीले १४ किलोमिटर सडक पार गर्न घन्टौ लाग्ने र दुर्घटनाको जोखिम बढेपछि यस्को चौतर्फी विरोध भएपछि सडक कार्यालयले हतारहतारमा अमानतमा सडक टाल्न थालेको हो ।


दाउन्ने खण्डमा पर्ने १४ किलोमिटर सडक खण्डको ९ किलोमटिर भन्दा बढी भाग हिँडनै नसकिने अवस्थामा छ । दसैं सकिएपछि सडक कार्यालयले अमानतमा काम थालेको हो । ‘काम गतिलो र स्तरीय नभएपनि आँखामा छारो हाल्ने गरी टालटुल सुरु भएको छ । ’ उक्त सडक खण्ड पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले भने,‘अमानतको काम भएकाले कर्मचारी मोटाउँछन तर सडक टिकाउ हुन्न ।’


गाउँपालिकाका अध्यक्ष जिसीले दाउन्ने सडक सडक खण्डमा ३६५ दिन नै सडक मर्मत भइरहने तर सर्लक्क हिँडन मिल्ने कहिल्यै नभएको बताए । उनले दाउन्ने सडकमा सरकारले विगत १५ वर्षसम्म गरेको लगानीको छानबिन गरेर सार्वजनिक गर्न माग गरेका छन् ।


सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनिले दाउन्ने सडक भत्किएर बिजोग भएका कारण हतारहतारमा अमानतमा भएपनि मर्मत थालेको कान्तिपुरलाई बताए । सडक भत्किएर बिजोग भएको भन्दै चौतर्फी आलोचना भएपछि तत्काल हिँड्न मिल्ने बनाउन अमानतमा काम थालेको र भत्किएको खण्ड सम्याउने काम भैरहेको उनले जानकारी दिए ।


‘२६ जना श्रमिकलाई बर्दघाट एकै ठाउँमा राखेर घरै जान नदिएर रातदिन काममा लगाएर ठुला खाल्डा पुरी सकें’ मरासिनिले भने ठूला खाल्डा र धुलो नियन्त्रणमा आइसक्यो अब केहि दिनमा धेरै भत्किएको खण्ड मर्मत गरेर सकिन्छ ।


उक्त सडक खण्डमा डेढ फुटसम्म गहिरा खाडल र धुलैधुलो भएका कारण दिउँसै बत्ति बालेर गाडी हिँडाउनुपर्ने बाध्यता थियो । जताततै भत्किएको र अचाक्ली बाक्लो धुलोका कारण गाडीले दिउँसै बत्ति बाल्नपर्ने अवस्था छ । त्यसखण्डमा ओहोरदोहोर गर्ने यात्रुको बिजोग छ ।

प्रकाशित : कार्तिक १७, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?