३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गैंडाको आक्रमणबाट ३ जना घाइते   

नारायण शर्मा

नवलपरासी — चितवन निकुञ्जबाट गाँउमा पसेको गै‌ंडाको आक्रमणबाट तीन जना  घाइते भएका छन्। शनिबार बिहानै मुण्डेमा देखिएको गैंडा लक्ष्मीपुर हुँदै रजहर बजार क्षेत्रमा प्रवेश गरेको हो ।गैंडाले बिहान १० बजे पछि देवचुली ७ का ग‌ंगाबहादुर सोमै, देवचुली–१६ रजहरमा दलबहादुर परियार र देवचुली २ का कृष भण्डारीलाई आक्रमण गरेको प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

यसैगरी राजमार्गमा गुडिरहेको बा ७ च ५६ ५४ नम्बरको कारलाई पनि क्षति पुर्‍याएको छ । साथै गैंडाले गाईवस्तुलाई पनि आक्रमण गरेको छ।


घाइतेहरुलाई प्राथामिक स्वास्थ्य चौकी दुम्कौली लगिएको छ । उनीहरुकाे अवस्था गम्भीर रहेको जनाइएको छ। बिहानै बस्ती पसेको गैंडा स्थानीयको कोलाहलले हिंस्रक बनेको हो। गैंडा अहिले निकुञ्ज क्षेत्रमा प्रवेश गरिसकेको छ ।

प्रकाशित : कार्तिक २४, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?