३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बस पल्टँदा ३७ जना घाइते, पाँचको अवस्था गम्भीर

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा पर्ने तनहुँको घाँसीकुवामा आइतबार दिउँसो बस पल्टँदा ३७ जना यात्रु घाइते भएका छन् । पाँच यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

बस पल्टँदा ३७ जना घाइते, पाँचको अवस्था गम्भीर

भिमादबाट नारायणगढ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस सडकबाट पल्टिएको हो ।


प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार स्याङ्गजाका १३ वर्षीय बालक सनम थापाको अवस्था चिन्ताजनक छ । ती गम्भीर घाइतेहरुको उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।


अन्य घाइतेमध्ये ९ जना दमौली अस्पताल, ६ जना व्यास अस्पताल र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


बस चालक भने फरार छन् ।

प्रकाशित : कार्तिक २५, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?