कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बस दुर्घटनामा २५ घाइते

नारायण शर्मा

नवलपरासी — दाङबाट काठमाडाैंका लागि छुटेको बस नवलपरासीको अमरापुरीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


सोमबार बिहान ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये घोराही उपमहानगरपालिका १५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ्ग शान्तिनगर गाउँपालिका–१ का एक वर्षीय बालक यनुष बिक र तुलसीपुरका २४ वर्षीय लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


घाइते मध्ये १० जनाको अवस्था मध्यम र बाह्र जनाको अवस्था सामान्य रहेको छ । १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?