कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म्याग्दी भ्रमणमा रहेका अध्यक्ष दाहाल र गृहमन्त्री थापाले गलेश्वरधाममा पूजा गरे

घनश्याम खडका

म्याग्दी — पत्नी सीता दहालको प्राकृतिक तातोपानीको पोखरीमा स्थान गरी उपचार गर्न बेनी नगरपालिका–४ स्थित तातोपानी आएका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दीरमा पुगी पूजा गरेका छन् ।

म्याग्दी भ्रमणमा रहेका अध्यक्ष दाहाल र गृहमन्त्री थापाले गलेश्वरधाममा पूजा गरे

त्यसैगरी पत्नी नैनकला थापासहित दाहालसँगै आएका संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल मगरपनि पुजामा सरिक भएका थिए ।


‘राहुघाट जलविधुत आयोजना निर्माणमा भैरहेको ढिलाईमा चासो राख्दै आयोजनाको स्थलगत निरिक्षण क्रममा गलेश्वर गएको हो,’ दाहालका निकट नेकपा म्याग्दीका नेता गोविन्द पौडेलले भने, ‘मन्दीरले हाईप्रोफाइल व्यक्तित्वलाई मन्दीरको महत्व दर्शाउन पनि पूजामा सरिक गराएको हो ।’


गलेश्वर मन्दीर पुग्नु अघि दाहाल र थापा बेनी–मल्लाज पदमार्गमा प्रात: कालीन हिँडाई पछि कालीगण्डकी नदीबाट बेनी बचाउन निर्मित तटबन्धको निरिक्षण गरेका थिए । लगत्तै निर्माणाधिन जलविधुत आयोजनाको स्थलगत निरीक्षणपछि गलेश्वर मन्दीरमा पुगेका थिए ।


योजना निरीक्षण र मन्दिरको दर्शनपछि पूर्व प्रम दाहाल र गृहमन्त्री थापा बेनी फर्केर प्राकृतिक तातोपानीमा स्थान गर्नसपरिवार १२ किमी पश्चिममा पर्ने सिङ्गा तातोपानी पुगेका छन् । उनीहरु बिहान ९ बजेदेखी ११ बजेसम्म तातोपानीमा डुबेर स्थान गरेका थिए ।


प्रकाशित : कार्तिक २७, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?