बाघको आक्रमणबाट बालिकाको मृत्यु 

प्रताप रानामगर

दमौली — घर नजिकै खेल्ने क्रममा बिहीबार साँझ बाघको आक्रमणबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु ४ जोखानीकी चार वर्षीया अस्मिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुाले जनाएको छ ।


बाघको आक्रमणबाट गम्भिर घाइते भएकी उनीको रत्नहरि अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?