कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्कुल बसको ठक्करले वृद्धको मृत्यु

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका १ उदिपुरमा स्कुल बसको ठक्करले एक वृद्धको मृत्यु भएको छ । उदिपुरमा संचालित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नं अंकित बसले ठक्कर दिँदा पैदलयात्री बेंसीसहर नगरपालिका ४ पुरानकोटका ७३ वर्षीय टंकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुल बसको ठक्करले वृद्धको मृत्यु

इन्सपेक्टर बसन्त पाण्डेका अनुसार शुक्रबार बिहान करिब सवा ९ बजे विद्यार्थीसहित स्कुल जाँदै गरेको बसले बेंसीसहर–डुम्रे सडकको उदिपुर नजिकै खहरेखोलामा गुरुङलाई ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको हो । बस र बसका चालक सुन्दरबजार नगरपालिका ८ का रोहित कार्कीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

चालकलाई कारबाही प्रक्रिया अगाडि बढाएको समेत पाण्डेले बताए ।


प्रकाशित : कार्तिक ३०, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?