कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जनप्रतिनिधिका संयुक्त खाका- ‘नमुना नवलपुर’ 

नारायण शर्मा

नवलपरासी — जिल्लाबाट निर्वाचित ३ वटै सरकारका जनप्रतिनिधिको संयुक्त प्रयासबाट नवलपुरलाई नमुनाका रुपमा विकास गर्न भन्दै बनाइएको खाका सार्वजनिक गरिएको छ ।

जनप्रतिनिधिका संयुक्त खाका- ‘नमुना नवलपुर’ 

शुक्रबार शास्वतधाममा एक कार्यक्रम गरी नवलपुरबाट प्रतिनिधित्व गर्ने सबै सांसद, प्रदेशसभा सदस्यहरु र ८ वटै पालिकाका प्रमुखले नमुना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज सार्वजनिक गरेका हुन्की । नवलपुरबाट तीनवटै निकायमा निर्वाचित प्रतिनिधिको संयुक्त दस्तावेजमा समावेश गरिएका विकास निमार्णका योजना कार्यान्वयन गर्न सके नवलपुर आउँदो ५ वर्षमै विकास र समृद्धिमा मोडल बन्ने दाबी गरिएको छ ।


राष्ट्रिय योजना आयोगले विकासको खाका कोरेझैं विज्ञ समूहले जिल्लामा गर्न सकिने योजनाको खाका तयार गरेको हो । खाकामा नवलपुरमा आगामी २० वर्षमा गर्न सकिने विकास, निर्माण र प्रवर्द्धनका विषय समेटिएको छ । सांसद तथा चौधरी फाउन्डेशनका अध्यक्ष विनोद चौधरीको अग्रसरतामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनेको छ । जसअन्तर्गत जिल्लाभित्र आगामी १ वर्ष, ५ वर्ष र २० वर्षभित्र गर्न सकिने योजना छन् । खाका ९ महिना लगाएर चौधरी फाउन्डेशन, जिल्ला समन्वय समिति नवलपुर र सहमति गैंडाकोटले बनाएका हुन् ।


दस्तावेजमा कृषि, पर्यटन, उत्पादन, औद्योगिकरण, स्वास्थ्य, शिक्षा, पानी, र प्रविधिका विषयलाई प्राथमिकतामा राखेर योजनाहरु बाँडफाँड गरिएको छ । यस्तो योजना सम्भवत: अरु जिल्लाले बनाएका छैनन् ।


योजना बनाउनुअघि विज्ञ टोलीले जिल्लाका सबै सांसद र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग पटक पटक स्थानीय आवश्यकता र प्राथामिकताबारेमा छलफल गरेको सहमति संस्थाका संयोजक करुणसागर सुवेदीले बताए ।


कार्यक्रममा बोल्दै मोडल नवलपुरका परिकल्पनाकार एवं सांसद विनोद चौधरीले देशकै नमुना जिल्ला बनाउनका लागि योजनासहितको प्रारम्भिक खुड्किलो सुरुआत गर्न पाउँदा खुसी लागेको बताए । उनले यो दस्तावेज सबैको संयुक्त पुँजी भएकाले ३ तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र सरोकारवालाले जिम्मा लिएर अघि बढे नवलपुर साँच्चै मोडेल जिल्लाका रुपमा चित्रित हुने आशा व्यक्त गरे ।


सांसद डा शशांक कोइरालाले आफूले मोडल नवलपुर बनाउन कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सांसद तिलक महतले शुक्रबार सार्वजनिक गरिएको मोडल नवलपुरको खाकाको सबै सरकारले स्वामित्व लिएर काम गर्न पर्ने बताए ।


प्रकाशित : कार्तिक ३०, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?