कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डी कारोबारकाे आरोपमा २ पक्राउ  

लालप्रसाद शर्मा

पोखरा — अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा– ५ मालेपाटनका ५३ वर्षीय नेत्रलाल ज्ञवाली र बिन्ध्यवासिनीका ३० वर्षीय प्रकाश थापा छन् ।

ज्ञवाली पोखराको सभागृहचोकस्थित लुम्बिनी मनि ट्रान्सफरका संचालक हुन भने थापा त्यही काम गर्ने कर्मचारी ।


कास्की प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङका अनुसार उक्त मनी ट्रान्सफरमा हुन्डीको अवैध कारोबार हुँदै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

‘ट्रान्सफरमा गई बुझ्दा हङकङबाट विभिन्न व्यक्तिको नाम राखि अवैध रुपमा रकम आएको पुष्टि भएपछि शुक्रबार पक्राउ गरिएको हो,’ गुरुङले भने । हुन्डीमार्फत आएको डेढलाख रुपैयाँ र कम्प्यूटरसमेत बराबद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?