कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाई मर्दा पशुपालक निरास

नारायण शर्मा

नवलपरासी — तीन साताको अवधिमा आफ्नो फर्मका ३८ वटा गाइ मरेपछि यहाँका एक पशुपालक निरास छन् । दुम्कीवासमा जग्गा भाडामा लिएर पार्वती डेरी फर्म सञ्चालन गरिरहेका रामदेव महासेठका गाई मरेका हुन् ।

गाई मर्दा पशुपालक निरास

पिसाब फेर्ने ठाउँबाट रगत आउने र जिउ सुन्निने लक्षण देखिएको ४८ घण्टापछि गाई मर्ने गरेको महासेठले बताए । पशुचिकित्सकले ब्याक्टेरीया संक्रमणले हुने खालको पड्के रोगको संक्रमण अनुमान गरेपनि औषधिले निको हुन सकेन । विनयीत्रिवेणी गाउँपालिकामा कार्यरत महासेठ आफैं पनि पशु स्वास्थ्य प्राविधिक हुन् । निदान पत्ता नलागेको रोग पहिल्याउन विज्ञहरूले ढिला गरेको उनले गुनासो गरे ।


गत शनिबार मञ्त्रालयबाट आएको पशु चिकित्सकको टोलीले रोगी गाईको रगतको नमुना परीक्षणका लागि लगेको थियो । आठ वर्षदेखि पशुपालन गरिरहेका महासेठको गोठमा ६२ वटा गाई थिए । उन्नत नश्लका गाई भकाभक मरेपछि उनी निरास छन् ।

प्रकाशित : मंसिर २, २०७५ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?