१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जिप दुर्घटनामा बालकको मृत्यु, ७ घाइते 

माधव अर्याल

पाल्पा — तानसेन–तम्घास सडक अन्तरगत रिब्दीकोट गाउँपालिका–३ सिरुखर्कमा सोमबार बिहान भएको जिप दुर्घटनामा एक वर्षीय बालक अंकित दर्जीको मृत्यु भएको छ ।

जिप दुर्घटनामा बालकको मृत्यु, ७ घाइते 

बाग्लुङबाट बुटवल हिडेको लु २ च ५०३५ नम्बरको जिप दुर्घटनामा बाग्लुङको बरेङ–३ बस्ने दर्जीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् ।


बाग्लुङ बरेङ– ३ कै २० वर्षीय कमल दर्जी, ५० वर्षीय सरस्वती दर्जी, ४३ वर्षीय यमबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय, तुलबहादुर परियार, २१ वर्षीय कमला परियार, ५१ वर्षीय मुक्तबहादुर खत्री घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार सबै घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।


अस्पतालका अनुसार अधिकांशको हात, मुख, टाउको र छातीमा चोट लागेको छ । खत्री जिप चालक तथा मालिक हुन् । उनको टाउको र अनुहारमा चोट लागेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?