विप्लवका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

हरिराम उप्रेती

गोरखा — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लवका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

सो पार्टीका विद्यार्थी संगठनका अध्यक्ष सुशान्त सुवेदी र जिल्ला सदस्य जिवन क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।


गोरखा नगरपालिका–६ हरमटारी चोकमा पर्चा र ब्यानर राख्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘आठ गते काठमाडौँमा हुने जनसभाको प्रचारको पोस्टर टाँस्दै गर्दा प्रहरीले नियन्त्रणमा लियो, अहिले अहिले हामी जिल्ला प्रहरी कार्यलयमा छौँ,’ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सुवेदीले भने ।


संविधान विरोधी गतिविधि गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए । ‘संविधान विरोधी गतिविधि गरेको हो कि होइन अहिले हामी अनुसन्धान गर्दैछौँ, संविधान विरोधी गतिविधि गरेको भए मुद्दा चल्छ,’ उनले भने ।

प्रकाशित : मंसिर ३, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?