१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

न्याय माग्दै सडकमै सुते महिला

प्रकाश बराल

बागलुङ — निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

न्याय माग्दै सडकमै सुते महिला

‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ ।’ यस्ता घटनामा राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्जत भएको उनको टिप्पणी थियो ।


चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातिमा टाँसेका थिए । सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए ।


सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए । उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए । उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो ।


यो पनि पढ्नुहोस्

प्रकाशित : मंसिर १६, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?