तिनाउ नदीमा मोटरसाइकल खस्दा मृत्यु 

माधव अर्याल

पाल्पा — रुपन्देहीको खैरनीबाट पाल्पाको दमकडा आउँदै गरेको मोटरसाइकल तिनाउ नदीमा खस्दा चालक ३७ वर्षीय गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको छ ।

तिनाउ नदीमा मोटरसाइकल खस्दा मृत्यु 

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा पर्ने तिनाउ गाउँपालिका–३, हेडबक्स नजिकै लु ३० प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो ।


प्रहरी चौकी दोभानका अनुसार सडकमा हिडेको गाईलाई जोगाउने क्रममा अनियन्त्रित भई मोटरसाइकल नदीमा खसेको हो । मंगलबार बिहान पौने ५ बजेको भएको दुर्घटनामा मोटरसाइकल सडकबाट सय मिटर तल नदीमा पुगेको छ ।


सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको चिडियाखोलादेखि केराबारीसम्मको भागमा मर्मतको काम भइरहेकाले साेमबार देखि बुधबारसम्म बिहान १० बजेबाट अपरान्ह चार बजेसम्म सडक बन्द गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?