पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ

दीपक परियार

लेखनाथ — आन्दोलनमा उत्रिएका नेविसंघ निकट चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि पोखरा विश्वविद्यालय तनावग्रस्त बनेको छ । स्ववीयु सचिवको राजीनामा माग्दै नेविसंघ निकट विद्यार्थीले बिहीबार दिउँसो उपकुलपति र स्ववीयु अध्यक्षको कुर्सी जलाएका थिए । 

नेविसंघका विष्णु सुवेदी, फिरोज सुवेदी, विकास रानाभाट र दीपेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रजिस्ट्रारको कुर्सी जलाउने अनेरास्ववीयुका विद्यार्थीलाई भने प्रहरीले पक्राउ नगरेको भन्दै नेविसंघले विरोध जनाएको छ । विद्यार्थी र प्रहरीबीच हात हालाहाल भएपछि स्थिति तनावग्रस्त छ ।

Yamaha


नेविसंघल सैद्धान्तिक परीक्षा सकिएपछि स्ववीयुबाट विधानत पदमुक्त हुनुपर्ने भन्दै आन्दोलन चर्काएको थियो । स्ववीयु सचिव सुरज परियारले स्नातकको परीक्षा सकिएको एक महिनासम्म पनि राजीनामा नदिएको नेविसंघको आरोप छ ।

नेविसंघका विद्यार्थी प्रदीप सिग्देलले उपकुलपति र रजिस्ट्रार समक्ष बुधबार आफ्नो माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको बताए । ‘स्ववीयु सचिवले दुई तिहाइको दम्भ देखाएर राजीनामा दिएका छैनन्,’ उनले भने, ‘विधानविपरीत गएपछि बाध्य भएर आन्दोलन गर्नुपर्‍यो ।’

स्ववीयु अध्यक्ष सुनील तिमिल्सिनाले भने नेविसंघले स्ववीयुलाई कुनै जानकारी नदिई एक्कासी कुर्सी जलाएको बताए । उनले विधान आफैंमा बाझिने खालको भएको दाबी गरे । ‘विधानमा स्ववीयुको कार्यकाल दुई वर्षको हुने छ भनिएको छ ।

अर्को बुँदामा सेमेस्टर सकिएपछि कार्यकाल सकिन्छ पनि भनिएको छ,’ उनले भने, ‘पद रिक्तता सम्बन्धी बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुन्छ भन्ने कतै उल्लेख छैन ।’ बाधा अड्काउ फुकाउन अन्तिम निर्णय विश्वविद्यालयको कार्यकारी बोर्डले गर्ने भएकोले स्ववीयलेु निवेदन पठाइसकेको उनले जनाए ।

त्रिभुवन विश्वविद्यालयमा गत वर्ष यस्तै अवस्थामा निर्वाचित भएपछि दुई वर्ष रहन पाउने निर्णय गरेकाले पोखरा विश्वविद्यालयमा पनि उक्त नियम लागु हुनुपर्ने उनी बताउँछन् ।

प्रकाशित : मंसिर २०, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

निर्मला हत्या प्रकरण : न्याय माग्दै मानव सांग्लोसहित प्रदर्शन

भवानी भट्ट

कञ्चनपुर — न्याय माग्दै महेन्द्रनगर बिहीबार मानव सांग्लोसहित प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार महेन्द्रनगर बजारमा मानव सांग्लोसहित प्रदर्शन गरिएको हो ।


महेन्द्रनगरको ट्राफिक चोक, मदन चोक, भानु चोक र जिल्ला प्रशासन आगडी मानव सांग्लोसहित प्रदर्शन गरिएको थियो। सुरुमा मानव सांग्लो मात्रै बनाउने भनेपनि विभिन्न विद्यालयबाट आएको विद्यार्थीको भीड अनियन्त्रित बनेपछि बजारमा र्‍यालीसहित प्रदर्शन गरिएको हो। समितिले सोमबारदेखि सुरु गरेको एक चरणको आन्दोलन बिहीबार सम्पन्न भएको छ। यसअघि दुई दिन प्रशासन आगडि धर्ना र एक दिन टर्च वालेर न्यायको खोजी गरिएको थियो।
‘अब नागरिक संघर्ष समितिको बैठक बसेर थप कार्यक्रम घोषणा गरिनेछ’ नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले भनिन्, ‘हाम्रो आन्दोलन शान्तिपुर्ण हुनेछ।’ समितिले बिहीबार मानव सांग्लो प्रदर्शन गर्ने भनेपनि विद्यार्थीको भीड अनियन्त्रित भएपनि नारा जुलुसमा परिणत भएको थियो।

प्रकाशित : मंसिर २०, २०७५ १६:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT