१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महिलासहित ६ जुवाडे पक्राउ

लमजुङ — प्रहरीले एकजना महिला जुवाडेसहित ६ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका ५ खहरे माथिको डाँडामा कौडा (जुवा) खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । 

डीएसपी यादव ढकालका अनुसार बिहीबार बिहानीपख हारजितको बाजी राखेर कौडा खेल्दै गरेको सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १६ थान कौडासहित ५ हजार १ सय ९५ रुपैयाँ बरामद गरेको छ ।


प्रहरीले रकमभन्दा पनि नामुद जुवाडे समातेको दाबी गरेको छ । ती महिलाले लमजुङमै ठूलो मात्रामा जुवा खेलाउँदै आएको र खेल्दै आएको सूचनाको आधारमा उनको पिछा गरेको प्रहरीले जनाएको छ ।


पक्राउ गरिएकालाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याथ थप गरेर थप अनुसन्धान थालिएको डीएसपी ढकालले बताए ।

प्रकाशित : मंसिर २१, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?