१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

२० महिनामा २० लाखले हेरे शाश्वतधाम

नारायण शर्मा

नवलपरासी — दुम्कौलीमा रहेको शाश्वतधाममा २० लाखले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको २० महिनाको अवधिमा २० लाख जनाले शाश्वतधाम भ्रमण गरेको चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले बताए ।  

२० महिनामा २० लाखले हेरे शाश्वतधाम

सरकारले सन् २०१८ मा उत्कृष्ट पर्यटक गन्तव्यका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ । पछिल्लो समयमा शाश्वतधाम आउनेहरुको संख्या दिनहु बढ्दो छ ।


शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बिहरुको मुख्य रोजाई यो थलो हुने गरको छ ।


पछिल्लो समय महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडनेहरु यहाँ प्रवेश गर्नु अनिवार्य जस्तै भएको छ । पछिल्लो समय स्कुल,कलेजका विद्यार्थी,विभिन्न समूहमा यहाँ आउने गरेका छन् । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससँगै रहेको पार्क मुख्य आर्कषण रहेको छ ।


मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ । साँझ बिहान तलाउनमा पानीको फोहोर चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

हेटौडा नगरपालिका पारिजातपथकी ७६ वर्षीया लोकलक्ष्मी आचार्य २०औँ लाख दर्शनार्थीका रुपमा शाश्वतधाम प्रवेश गरेकी थिइन् । उनी समेत त्यहा आउनेलाई धामको ब्यबस्थापनले पञ्चेबाजा, स्वस्तीवाचन, भजनकिर्तनले स्वागत गरिएको छ ।यहाँ रहेको विद्युतीय मेशिन( डिजिटल हाजिरी) ले प्रवेश गर्नेहरुको संख्या देखाउने गर्छ ।


‘यो मेरो जीवनकै बिर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन् ‘शाश्वतधामको महत्व सुनेकी थिएँ देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ ।

यो पनि पढ्नुहोस्ः

आकर्षणमा शाश्वतधाम

प्रकाशित : मंसिर २२, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?