१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नौ वर्षदेखि दम्पती झुप्रोमा

नारायण शर्मा

नवलपरासी — कावासोतीको अमलटारी थारु होमस्टे प्रख्यात छ । होमस्टेकै कै आम्दानीले स्थानीय बासिन्दाको जीवनस्तर उकासिएको स्थानीय बताउँछन् । तर, त्यही होमस्टेदेखि ३ सय मिटरको दूरीमा एक थारु समुदाय दम्पतीको आर्थिक अवस्था भने दयनीय छ । उनीहरुको ओतलाग्ने छाप्रो छ ।

नौ वर्षदेखि दम्पती झुप्रोमा

जुन छाप्रोमा शीत चुहिन्छ । ती दम्पतीको होम स्टेका थारु समुदायका व्यक्तिहरुसँग चिनजान छैन । कारण हो, अति गरिबी ।


यो कठ्याङ्ग्रिँदो जाडोमा शीत चुहिने झुप्रोमा जीवन गुजारिरहेका दप्पती हुन् ५५ वर्षका नेतबहादुर थनेत । उनी यसरी बस्न थालेको ९ वर्ष बितिसके । छिमेकी होमस्टेमा स्वदेशी, विदेशी पहुना सत्कारमै दिन कटाउँछ्न् । नेतबहादुरको दिनचर्या फरक छ । जुरुक्क उठ्छन् र ज्याला गर्न घर बाहिर निस्कन्छ्न् । श्रीमती दाउरा खोज्न । परिवारमा २ जनामात्र छन् । जेठी श्रीमती क्यान्सरले थलिएपछि उनको २ कठ्ठा जग्गा उपचारमै सकिए । उपचार नलागेपछि ९ वर्षअघि श्रीमतीको निधन भयो । कान्छी बिहे गरेर निमेकको भरमा पेट पालेका छन् । ज्याला नपाएको दिन भोकै बस्छन्, कतै गुहार माग्दैनन् । त्यही समुदाय र होम स्टेका परिकल्पनाकार प्रेमशंकर मर्दनिया थारु कावासोती नगरपालिकाको उपमेयरमा निर्वाचित भएर करोडौं बजेट चलाउँछन् । उनीहरुलाई हेर्ने सघाउने कोही छैन ।


'म रोएँ, उहाँ मेरै मामा पर्नु हुँदो रहेछ', उपमेयर मर्दनियाले भने, 'मेरै घरबाट ४ सय मिटरको दूरीमा उनीहरु रहेछ्न् । झाडीभित्र के होला र भनेको उनीहरुको परिवार रै'छ ।' उनले दुई साताभित्र उनीहरुलाई नगरपालिकाको लगानीमा पक्कीघर बनाइदिने वाचा गरे ।


'१५ दिनभित्र आफैं बसेर घर बनाइदिन्छु' उपमेयर मर्दनियाले भने, 'जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिका भित्रको सबैभन्दा विपन्न परिवार यही हो । उनीहरुले पुस पहिलो साता घर पाउँछ्न् र कतै रोजगारीको प्रयास गर्छु ।'

प्रकाशित : मंसिर २३, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?