करणी उद्योगका अभियुक्त पक्राउ

प्रतिक्षा काफ्ले

स्याङ्जा — जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकेपछि फरार रहेका हरिनास गाउँपालिका २ का ६० वर्षीय चेतबहादुर थापा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको हो । उनलाई शुक्रबार जिल्ला अदालतमा पेस गराई आदेशबमोजिम सजाय भुक्तानको लागि कारागार लगिएको जिल्ला प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । विष्टका अनुसार ०७२ जेठ २१ गते राति एक बजे स्थानीय एक महिलालाई जबर्जस्तीको प्रयास गरेका थिए ।


जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी उद्योग शीर्षकमा तत्काल मुद्दा दर्ता गरी उनलाई जिल्ला अदालतमा पेस गरिएकोमा तत्कालीन थुनछेक आदेशबमोजिम मिति ०७१ असार १६ गते ३१ हजार रुपैयाँ धरौटी राखी तारेखमा छुटेको विष्टले बताए । उनी तारेखमा छुटेपश्चात् ०७१ फागुन २८ गतेको फैसलाबमोजिम २ वर्ष १० महिना ३ दिन कैद तोकिएको थियो ।


प्रकाशित : मंसिर २८, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?