कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एक युवतीसहित ९ जुवाडे पक्राउ

नारायण शर्मा

नवलपरासी — मध्यविन्दु नगरपालिकामा ९ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । मध्यविन्दु ४ मदनपुरमा शुक्रबार राति कौडा खेलिरहेको अवस्थामा १ लाख ३३ हजार नगदसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ वर्षीय तीलकराम महतो र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ का ४० वर्षीय दीपक भण्डारी छन् ।


त्यस्तै, बर्दघाट १४ का ३५ वर्षिय छविलाल शर्मा, बर्दघाट १५ का २८ वर्षीय लालबहादुर तमाङ्ग, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङलाई पनि प्रहरीले समातेको छ । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रकाशित : मंसिर २९, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?