२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

तारका गुजुल्टा हटाइँदै

जथाभावी टाँगिएका, अनावस्यक तारले शहरको शोभा घटाएको र दुर्घटनामा सहयोगी भएको

पोखरा — महानगरले बिजुली र टेलिफोनको पोलमा रहेका अनावश्यक तारहरू हटाउन सुरु गरेको छ । जथाभावी टाँगिएका, अनावस्यक तारले शहरको शोभा घटाएको र दुर्घटनाका सहयोगी भएको भन्दै महानगरले विहीबारदेखि व्यवस्थापनमा लागेको हो । 

तारका गुजुल्टा हटाइँदै

मुख्य बजार क्षेत्रका पोलमा रहेका अव्यवस्थित तारलाई हटाएर व्यवस्थित गर्न लागिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए ।


जिसीका अनुसार ४० दिने अभियान थालेर पहिलो चरणमा सिद्धार्थचोकदेखि न्यूरोड हुँदै सभागृहचोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार, पृथ्वीचोकमा तारमा व्यवस्थापन गरिनेछ । यसैगरी तेस्रो चरणमा सभागृहचोकदेखि सिर्जनाचोक, जिरोकिमी हुदै लेकसाईडको हल्लनचोक र चौथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, सहिदचोक हुँदै मुस्ताङचोकसम्म अभियान संचालन हुनेछ ।


जिसीले सिद्धार्थचोकको एक पोलमा रहेको अव्यवस्थित तार काटेर अभियानको सुभारम्भ गरेका थिए । विद्युत प्राधिकरण, टेलिकम, केबुल व्यवसायीलगायत सरोकारवाला समक्षको छलफल र समन्वयमा तार हटाउन लागिएको हो ।


‘तार हटाईसकेपछि फेरी राख्ने हो भने महानगरलाई जानकारी दिनुपर्छ । कसैले पनि अव्यवस्थितरुपमा राख्न पाउने छैन,’ उनले भने, ‘यो अभियानले पोल र तारलाई व्यवस्थित गर्दैछ भन्ने सन्देश दिनेछ ।’ व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थित गर्न पनि भनिएको छ ।


तारलाई भूमीगत बनाउने योजना भए पनि तत्काल ठूलो बजेट आवस्यक पर्ने भएकाले अहिलेलाई रोड क्रस गरेका र अव्यवस्थित रुपमा झुन्डिएका तारको व्यवस्थापनमा लागिएको महानगरले जनाएको छ ।

प्रकाशित : पुस १, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?