१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आमाबाटै शिशु हत्या

प्रताप रानामगर

दमौली — आफैंले जन्म दिएको नवजात शिशु हत्याको आरोपमा तनहुँमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेको आरोपमा भानु नगरपालिका ३ दोरदोर बस्ने ३७ वर्षीया लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

आमाबाटै शिशु हत्या

शाहका अनुसार शिशुको हत्या गरेको ती महिलाले बयान दिएकी छिन् । परपुरुषको बच्चा भएकाले हत्या गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छिन् । उनका श्रीमान् चार वर्षदेखि कतारमा छन् ।


पुस ३ गते भानु ३ दोरदोर चण्डीथोकस्थित झाँडीमा नवजात शिशुको लास फेला परेको थियो ।


पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि कारबाही प्रक्रिया सुरु भएको प्रहरीले बतायो ।

प्रकाशित : पुस ४, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?