एकैदिन मलेसियामा दुई युवाको मृत्यु

नारायण शर्मा

नवलपरासी — मलेसियामा काम गर्न गएका २ नेपाली युवाको एकै दिन मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १२ हर्कपुर निवासी हरिलाल गोतामे र हुप्सेकोट गाउँपालिका ५ का सोमबहादुर घर्तीको मृत्यु भएको हो ।

एकैदिन मलेसियामा दुई युवाको मृत्यु

वैदेशिक रोजगारी सम्बन्धित संस्था सुरक्षित आप्रवासन नवलपरासीकी कार्यक्रम अधिकृत रन्जना लम्सालका अनुसार गोतामेको कोठामै सुतेको अवस्थामा मृत्यु भएको र घर्तीले आत्महत्या गरेका हुन् । दुबैको मृत्युको कारण खुलेको छैन ।


गोतामे मलेसिया गएको १८ महिना र घर्ती साढे २ वर्ष भइसकेको छ । उनीहरुको शव शनिबार र सोमबार शव नेपाल आइपुग्ने गरी कागजात तयार भइसकेको उनले जानकारी दिइन् ।


प्रकाशित : पुस १२, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?