१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

खाली घर कुर्दै प्रहरी

गाउँमा चोरीका घटना बढ्दै
मनाङीलाई घर खाली नछाड्न आग्रह
आश गुरुङ

लमजुङ — चिसोले बस्न नसकेर मनाङीले गाउँघर छाडेर हिँडेपछि प्रहरीलाई चिन्ता बढेको छ। चिसोले प्रहरीको सुरक्षा गस्तीमा प्रभाव पारेको छ। 

खाली घर कुर्दै प्रहरी

प्रहरीले नागरिकलाई घर नछाड्न आग्रह गरेको छ। गाउँघर रित्तिन थालेपछि चोरीका घटना सुरुवात भएको र यसले चोरी तथा आपराधिक घटना बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ।


प्रहरीले १३ बुँदे सावधानीमूलक सूचना नै जारी गरी मनाङीलाई आफ्नो घर खाली नछाड्न र छाड्नै परे कम्तीमा एकजना कुरुवा राख्न आग्रह गरेको छ। घरमा कुरुवासमेत राख्न नसक्ने अवस्थामा बहुमूल्य सामान र नगद विश्वासिलो व्यक्ति वा सुरक्षित स्थानमा राख्न भनिएको छ।


राति घर वरिपरि पर्याप्त उज्यालो प्रकाशको व्यवस्था गर्न, विवाह, भोज तथा उत्सवमा जाँदा अनावश्यक गरगहना नलगाउन आग्रह गरिएको छ। घर भाडामा बस्ने र काम गर्ने व्यक्तिको नाम, थर, फोटोसहितको अभिलेख राख्न, चालचलनमा ध्यान दिन, होटल तथा लजमा बस्ने स्वदेशी तथा विदेशी पर्यटकको पूर्ण विवरण राख्न अनुरोध गरिएको डीएसपी खड्गबहादुर खत्रीले बताए। उनका अनुसार आफ्नो टोल छिमेकमा रहेका खराब आचरण भएका व्यक्ति तथा शंकास्पद व्यक्तिको गतिविधिबारे प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ।


स्थानीयका अनुसार करिीब ८० देखि ९० प्रतिशत मानिस चिसोका कारण काठमाडौंलगायत सहर झरेका छन्रु। जनप्रतिनिधि समेत छैनन्। कार्यालयका केही कर्मचारी कार्यालय रुँगेर बसेका छन्रु। स्कुल सबै बन्द छन्। पर्यटकीय चहलपहल छैन।


‘सुनसान ठाउँ, खाली घर, यस्तै मौका छोपेर चोरी तथा आपराधिक गतिविधि हुनसक्छरु। त्यसैले घर नछाड्न आग्रह गरेका छौं,’ उनले भने। उनका अनुसार बजारक्षेत्र, सडक रग्रामीण भेगमा प्रहरी गस्ती बढाइएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाइमा पनि सुरक्षा सतर्कताबारे छलफलहरू भएका थिए। तर, खप्न नसकिने चिसो बढेपछि कुरुवा पनि नराखी घर छाड्ने धेरै भइसकेका छन्।


डीएसपी खत्रीका अनुसार जिल्लामा १ सय ८० प्रहरी खटिएका छन्। जिल्ला प्रहरी कार्यालयसँगै सीमा प्रहरी चौकी हुम्डे, क्युपार, धारापानी, ताल साथै प्रहरी चौकी मेताबाट प्रहरी गाउँ–गाउँ खटिएका छन्। ‘चिसोले मनाङी सबै सहर गएका छन्। गाउँघर सबै खाली छ। धेरै घर ताल्चा लागेको अवस्थामा छन्। हामी घर खाली नराख्न अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘सबैका घर खाली भइसके। घरमा बस्नु वा कुरुवा राख्नु भनेर कसलाई पो भन्ने खै।’ मौसम जस्तो भए पनि खटिएको क्षेत्र छाड्न नमिल्ने भएकाले प्रहरीले आफ्नो काम गरिरहेको उनले बताए।


प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सम्भावित आपराधिक क्रियाकलाप हुने तथा चोरी हुने ठाउँको पहिचान गरी सुरक्षा सतर्कता बढाइएको छ। एक साताअघि चामेस्थित प्रहरी कार्यालय नजिकै बन्द मोबाइल पसलमा चोरी भएपछि प्रहरी झस्किएको छ ।


प्रहरी कार्यालय नजिकै, प्रहरी सधैं हिँडिरहने बाटोमै पर्ने पसलमा रातको समय चोरी भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको एक प्रहरी जुनियर अधिकृतले बताए। उनका अनुसार टोल तथा घरघरमा पर्चा, पम्प्लेट टाँसिएको छ। सुरक्षाका लागि सशस्त्र प्रहरीको टोलीसमेत खटिने गरेको डीएसपी खत्रीले बताए।

प्रकाशित : पुस २३, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?