कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिदा दिने निर्णय गर्दै संघीय सरकारका निकायले पनि कार्यान्वयन गर्ने अपेक्षा गरेको छ । 

माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

क्षेत्री, बाहुन, मगर, थारुलगायत समुदायले मनाउने भएकाले माघे संक्रान्ति अर्थात् माघी पर्वमा बिदाको निर्णय गरिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । प्राय:सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको बस्नेतको भनाइ थियो ।


मन्त्रिपरिषद्को निर्णयलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभित्रका सवै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ ।


प्रदेश सरकारले दिएको यो दोस्रो सार्वजनिक बिदा हो । यसअघि पुस १५ मा गुरुङ समुदायको ल्होसारका अवसरमा दिएको थियो ।

प्रकाशित : पुस २५, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?