कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बाबुले चलाएको बसको ठक्करबाट छोराको मृत्यु

प्रताप रानामगर

दमौली — बाबुले चलाएको बसले ठक्कर दिदाा तनहुाको बन्दीपुर–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक खान जानका लागि ग १ ख ४६५८ नम्बरका बसचालक बलक थापाले बस पछाडि गर्ने क्रममा १५ वर्षीय छोरा बिश्वास थापालाई ठक्कर दिदाा मुत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु आर्यालले बताए । 

बाबुले बस व्याक गरेको र छोराले पछाडिबाट इशारा दिने क्रममा बसको पछाडि भागले छातीमा लागेपछि गम्भिर घाइते भएका उनको स्थानीय बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । घटना आफ्नै घर अगाडि भएको हो ।


प्रकाशित : पुस २७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?