कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सडक मापदण्ड तोकियो

म्याग्दी — यहाँको एक गाउँपालिकाले ग्रामीण सडकको पनि क्षेत्राधिकार तोकेको छ । भौगोलिक रूपमा जिल्लाकै सानो र मिलेको मानिएको मंगलाले गाउँपालिकाका भित्री सडकलाई ‘क’ देखि ‘घ’ सम्म चार श्रेणीमा विभाजन गरी सडकको मापदण्ड कायम गरेको हो । 

गाउँपालिकाको मंगलबार सम्पन्न चौथो गाउँसभाले सिम–टोडे, पुल्चोक–पोक–देउराली, पखेर–झाँक्रेपानी र पुल्चोक–छिस्वाङ सडकलाई ‘क’ वर्गमा राखेर सडक क्षेत्राधिकार १३ मिटर तोकेको छ । भाइबाङ–हिदी, सातबीसे–बरंजा–बुकेनी, सिमलचौर–टोडे, मुहाने–पाँखु–धारा–सिर्कुम–टिकाबाङ ‘ख’ श्रेणी र सडक क्षेत्राधिकार ११ मिटर तोकेको छ ।


बाँकी सबै ग्रामीण सडक ‘ग’ श्रेणी तथा सडक क्षेत्राधिकार ९ मिटर तथा गाउँपालिका मुकाम रहेको बाबियाचौर बजार

क्षेत्रभित्रका सबै गल्ली कम्तीमा ६ मिटर कायम गरिएको र सबै सडकमा २ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।


यसैगरी ‘ख’ वर्गमा सूचीकृत भाइबाङ–हिदी, सातबीसे–बरंजा–बुकेनी, सिमलचौर–टोडे, मुहानेखोला–पाखु–धारा–सिर्कुम–टीकाबाङ सडकको क्षेत्राधिकार ११ मिटर कायम भएको छ । ‘ग’ वर्गका सडकको ९ र ‘घ’ वर्गका बजारका भित्री गल्लीको सडकको क्षेत्राधिकार ६ मिटर कायम गरिएको छ । सबै सडकको डेढ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।


गाउँपालिका उपाध्यक्ष सिजना केसीका अनुसार गाउँपालिकाको हिउँदे अधिवेशनले गत असारमा पारित वार्षिक बजेटलाई पनि संशोधन गरेको छ । जनप्रतिनिधि र कर्मचारीको कार्यअनुभवको कमीले वार्षिक बजेट बनाउँदा पुँजीगतमा राख्नुपर्ने वित्तीय सबलीकरणतर्फको करिब ३ करोडभन्दा बढी बजेट चालु शीर्षकमा परेको थियो ।

प्रकाशित : पुस २७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?