दाहालले भने, ‘सरकारको टेन्सन नलिए हुन्छ'

हरिराम उप्रेती

आरुघाट गोरखा — पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको यात्रा सफल पार्न १० वर्ष मेहनत गर्नुपर्ने बताएका छन् ।दोस्रो आरुघाट महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकास र समृद्धिको लक्ष्य भेटाउन सबै मिलेर अघि बढ्नुपर्ने बताए । प्रतिपक्ष दल कांग्रेसतर्फ लक्षित गर्दै सरकारको कामकारबाहीबारे ‘टेन्सन’ नलिन आग्रह गरे ।

‘हामीले राम्रो गरे अर्कोपल्ट पनि सरकारको नेतृत्व हामी गर्छौ, राम्रो गर्न नसके कांग्रेस आउने हो, अरु कुनै दल आउनेवाला छैन,’ दाहालले भने,‘टेन्सन नलिए हुन्छ, मिलेर देशलाई समृद्धितर्फ लैजाने हो ।’ नेपालको विकासको नयाँ युगतर्फ अघि बढेको उनको भनाइ छ । शान्ति प्रक्रियाजस्तै विकास र समिद्धिका लागि राष्ट्रिय सहमति निर्माण गरेर अभियान चलाउनुपर्ने दाहालको भनाइ छ ।

चालु आर्थिक वर्ष आरुघाटलगायत क्षेत्रको मुआब्जा निर्धारणको काम सक्न सरकार प्रतिवद्ध रहेको उनले बताए । ‘बूढीगण्डकी बन्दैन भनेर कसैले पनि आशंका लिनु पर्दैन, के हुन्छ भन्ने लागेको छ भने दिमागबाट हटाउनुस्,’ उनले भने । आरुघाट क्षेत्रको मुअब्जा समुचित रुपले निर्धारण गर्न आफू साथै रहने उनले बताए । ‘आयोजना बन्न अझै ७–८ वर्ष लाग्छ भनेपछि डुबानमा पर्ने मध्यपहाडीको सडक स्तरोन्नती रोक्नु गलत भएको छ, यस विषयमा छलफल हुन्छ,’ उनले भने ।
राजनीतिक जीवन सुरु गर्नुपूर्व आरुघाटमा बिताएको दिनको संझना गर्दै दाहाल भावुकसमेत बने । ‘आरुघाट आउने भनेपछि घरबाट माइत जान लाग्या जस्तो हुन्छ, कुनै कार्यक्रममा सहभागी हुने मौका पाउँदा धेरै काम पन्छाएर यहाँ आउँछु,’ उनले भने । ४२ वर्षअघि दाहालले आरुघाटकै एक विद्यालयमा अध्यापन गराउथे । ‘जीवनकै नयाँ संकल्प लिने उर्वर र उर्जाीशल सयम आरुघाटमा बिताएको छु, यस क्षेत्रको समस्या सँग गहिरो भावनात्मक सम्वन्ध छ,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली असहाय बालबालिकाका लागि हङकङमा ४ सय २ धावक दौडदै

प्रदीप मेन्याङ्बो

हङकङ — हङकङमा शनिवार क्युनेट गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करणको अन्तिम तयारी पुरा भएको छ । उक्त दौडबाट सङ्कलित रकम नेपालका गरिब असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक गोर्खा समेटी ट्रस्ट र चाइल्ड वेल्फेयर स्किमले जनाएको छ । दौडमा सहभागी हुन ३१ मुलुकका ४ सय २ धावकहरूले आफ्नो नाम दर्ता गरेका छन् ।

कार्यक्रमका मूल संयोजक आमोद राईले च्यारिटी दौडमा सहभागिताका लागि फ्रान्स, अमेरिका, सिङ्गापुर, बेलायत, जर्मनी, इटाली, क्यानडालगायतका मुलुकका सेलिब्रेटी रनरहरूले पनि सहभागिता जनाएको बताए । उनले भने, ‘गतवर्ष फलामको च्यूरा चपाए जस्तो भयो । तर सफल भइयो ।' गतवर्ष क्युनेट गोर्खा ट्रेलब्लेजर सुरु गरेकै वर्ष हङकङबाट ‘वेस्ट न्यु रेस’ मेडल पायो । हङकङको ट्रैल रनिङको क्यालेन्डर भित्र सुचीकृत भयो । राईका अनुसार गतवर्षको लोकप्रियताले विश्वका नामुद धावक धाविकाहरूलाई पनि गोर्खा ट्रेल व्लेजरमा दौडन आकर्षित गर्न सफल भएको हो ।

उक्त दौडमा हालै सम्पन्न अन्नपूर्ण अल्ट्रा रेस र पोखरा ट्रेलका विजेता सिर्जना राईलगायत ६० नेपालीले पनि आफ्नो नाम दर्ता गराइसकेका छन् । विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई भने खुट्टामा समस्या बल्झेकाले दौडमा सहभागी हुन नसक्ने आयोजकले जनाएको छ ।

दौड शनिवार बिहान ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कबाट सुरु हुने छ । दौडको दुरी १२ र २६ किलोमिटर रहेको छ । आयोजककाअनुसार सन १९९७ अगाडि बेलायत सरकार मातहत हङकङमा ब्यारेक बनाएर बसेका गोर्खा सैनिकहरूले नियमित रूपमा ‘बुल्लोग’ प्रशिक्षण र युद्ध सिमुलेशन व्यायाम गर्ने ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भई पातसेलिङ रेन्जमा दौडाएर लाउसि हङ रिजर्भवायरमा टुंगिने रुट तयार भएको उनले बताए ।
रजिष्ट्रेसनको काम सकिएकाले व्यवस्थापन र समन्वयमा व्यस्त रहेका आयोजक समितिका मुख्य प्रवक्ता देवराज राईले पिता पुर्खाले रगत पसिना बगाउँदै पदचाप छाड्दै दौडेको हङकङको डाँडापाखामा उनीहरूलाई स्मरण र सम्मान गर्दै नेपाली बालबालिकाको स्वास्थ्य शिक्षामा योगदान दिनका लागि गोर्खा ट्रेल व्लेजर आयोजना गरिएको बताए । उनले गोर्खाहरूको योगदान बिर्सन थालिएको बेला यस्ता कार्यक्रममार्फत गोर्खाका सन्ततिलाई स्मरण हुने र विश्वव्यापी करण गर्दै उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्ने अवसर मिलेको बताए ।
उनले कार्यक्रमबाट सङ्कलित रकमले ट्रस्टले नेपालमा अनलाइन शिक्षाका लागि छात्रवृत्ति दिने र चाइल्ड वेल्फेयरले नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने बताए । उनले भने, ‘गोर्खा ट्रेलव्लेजरले गोर्खाको इतिहासलाई कायम राख्ने छ । हङकङमा बसोबास गर्ने नेपाली समुदायको पहिचान दिन मद्दत गर्ने र चिनियाँ समाज र हङकङ सरकारको ध्यानाकर्षण हुने छ ।’ ट्रेल रेस सम्पन्न गर्न गोर्खा समेट्री हङकङका अध्यक्ष रत्न खिम्दीङ, चाइल्ड वेल्फेर स्किमका प्रबन्धक अभि राईले १९८१ मा हङकङमा सबैले रुचाएको खेल भएको छ । खिम्दिङका अनुसार गोर्खाहरू रहेका मुलुकहरू ब्रुनाइ, बेलायत, सिङ्गापुर र नेपालमा पनि गोर्खा ट्रेल व्लेजर सञ्चालन गर्ने योजना छ ।
यो। तर सफल भइयो।' गतवर्ष क्युनेट गोर्खा ट्रेलब्लेजर सुरु गरेकै वर्ष हङकङबाट ‘बेस्ट न्यू रेस’ मेडल पायो। हङकङको ट्रैल रनिङको क्यालेन्डर भित्र सुचीकृत भयो। राईका अनुसार गतवर्षको लोकप्रियताले विश्वका नामुद धावक धाविकाहरुलाई पनि गोर्खा ट्रेल व्लेजरमा दौडन आकर्षित गर्न सफल भएको हो।

उक्त दौडमा हालै सम्पन्न अन्नपूर्ण अल्ट्रा रेस र पोखरा ट्रेलका बिजेता सिर्जना राईलगायत ६० नेपालीले पनि आफ्नो नाम दर्ता गराइसकेका छन्। विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई भने खुट्टामा समस्या बल्झेकाले दौडमा सहभागी हुन नसक्ने आयोजकले जनाएको छ।

दौड शनिबार बिहान ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कबाट शुरु हुने छ। दौडको दुरी १२ र २६ किलोमिटर रहेको छ। आयोजककाअनुसार सन १९९७ अगाडि बेलायत सरकार मातहात हङकङमा व्यारेक बनाएर बसेका गोर्खा सैनिकहरुले नियमित रूपमा ‘बुल्लोग’ प्रशिक्षण र युद्ध सिमुलेशन व्यायाम गर्ने ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भई पातसेलिङ रेन्जमा दौडाएर लाउसि हङ रिजर्भवायरमा टुंगिने रुट तयार भएको उनले बताए।
रजिष्ट्रेसनको काम सकिएकाले व्यबस्थापन र समन्वयमा व्यस्त रहेका आयोजक समितिका मुख्य प्रवक्त देवराज राईले पिता पुर्खाले रगत पसिना बगाउदै पदचाप छाड्दै दौडेको हङकङको डाँडापाखामा उनीहरुलाई स्मरण र सम्मान गर्दै नेपाली बालबालिकाको स्वास्थ्य शिक्षामा योगदान दिनका लागि गोर्खा ट्रेल व्लेजर आयोजना गरिएको बताए। उनले गोर्खाहरुको योगदान बिर्सन थालिएको बेला यस्ता कार्यक्रममार्फत गोर्खाका सन्ततीलाई स्मरण हुने र विश्वव्यापीकरण गर्दै उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्ने अवसर मिलेको बताए।
उनले कार्यक्रमबाट संकलित रकमले ट्रस्टले नेपालमा अनलाइन शिक्षाका लागि छात्रवृत्ति दिने र चाइल्ड वेल्फेयरले नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने बताए। उनले भने, ‘गोर्खा ट्रेलव्लेजरले गोर्खाको इतिहासलाई कायम राख्ने छ। हङकङमा बसोबास गर्ने नेपाली समुदायको पहिचान दिन मद्दत गर्ने र चिनियाँ समाज र हङकङ सरकारको ध्यानाकर्षण हुने छ।’ ट्रेल रेस सम्पन्न गर्न गोर्खा समेट्री हङकङका अध्यक्ष रत्न खिम्दीङ, चाइल्ड वेल्फेर स्किमका प्रबन्धक अभि राईले १९८१ मा हङकङमा सबैले रुचाएको खेल भएको छ। खिम्दिङका अनुसार गोर्खाहरु रहेका मुलुकहरु ब्रुनाइ, बेलायत, सिंगापुर र नेपालमा पनि गोर्खा ट्रेल व्लेजर सञ्चालन गर्ने योजना छ।

प्रकाशित : पुस २७, २०७५ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT