कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीनारायणलाई सम्झिए मुख्यमन्त्रीले

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र एकीकरण अभियानको सफलताका कारण स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकका रूपमा विश्व मानचित्रमा परिचित हुन पाएको भन्दै पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् ।

पृथ्वीनारायणलाई सम्झिए मुख्यमन्त्रीले

पूर्वराजा शाहको २९७ औं जन्मजयन्तीको अवसरमा शुक्रबार विज्ञप्तिमार्फत उनले शाहसँगै अन्य योद्धाको पनि सम्मान गरेका हुन् ।

शाहले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय र सांस्कृतिकलगायत अन्य विविधताका बीच मजबुत एकताको आधार तयार गरेका र त्यही आधारमा टेकेर विभिन्न जनआन्दोलन, जनक्रान्ति पार गर्दै अहिलेको उपलब्धिसम्म आइपुगेको गुरुङले उल्लेख गरेका छन् । ‘शाह गण्डकी प्रदेशमा जन्मेकाले गौरवान्वित महसुस भएको छ,’ उनले भनेका छन्, ‘शाहको उच्च कदर गर्दै हार्दिक सम्मान प्रकट गर्दछु । साथै सबै योद्धाप्रति पनि सम्मान छ ।’


शाहले सुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै हरेक नागरिकका लागि संविधानप्रदत्त समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाजको निर्माण गर्दै वर्तमान सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई व्यवहारमा उतार्न सफल हुन सक्यौं भने मात्रै शाहप्रति सच्चा सम्मान हुने उनले बताएका छन् ।

प्रकाशित : पुस २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?