सामूहिक बलात्कार गरेको अभियोगमा चार पक्राउ

स्याङ्जा — १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमध्ये तनहुँ जिल्ला शुक्लागण्डकी–४ का विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली जिल्लाको पिपलमाडी गाउँपालिका–३ घर भई हाल शुक्लागण्डकी नै बस्दै आएका बिक्रम राई छन् ।  

सामूहिक बलात्कार गरेको अभियोगमा चार पक्राउ

माघे संक्रान्तिका दिन फोनमार्फत बिरुवा गाउँपालिका–५ स्थित छेउडाँडामा बोलाएर सामूहिक करणी गरेको आरोप उनीहरुमाथि लागेको छ । बालिकालाई करकापमा पारेर, डरधम्की देखाइ करणी गर्दै भागेका उनीहरुलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–४ का प्रशान्त थापाले बालिकालाई फोन सम्पर्क गरेका थिए । ‘बालिकालाई सम्पर्क गर्ने, ललाईफकाई, प्रलोभनमा पारी बोलाई आफू र साथीलाई बलात्कार गर्न लगाएको अनुसन्धानबाट देखिएको छ’ प्रहरी निरीक्षक सिंहले भने ।


आरोपी समूहले प्रयोग गरेको ग४प ४३९५ र ग४प ७९०७ नम्बरका मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : माघ ४, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?