कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मर्स्याङ्दी तारेर खानेपानी

आश गुरुङ

लमजुङ — वृद्धवृद्धा आश्रममा मर्स्याङ्दी नदी तारेर खानेपानी पुर्‍याइएको छ । राइनास नगरपालिका–८ तार्कुघाटस्थित सर्वोदय जेष्ठ नागरिकमा खानेपानी लगिएको हो । 

मर्स्याङ्दी तारेर खानेपानी

तनहुँको भानु नगरपालिका–१० सिमलचौर नजिकैको तुरतुरे धाराबाट पाइपमार्फत पानी लगिएको हो ।


मस्र्याङ्दी किनारको पहरामा रहेको मुलमा पाइप जडान गरी मस्र्याङ्दी तारेर आश्रममा खानेपानी पुर्‍याइएको छ । वृद्धवृद्धालाई खानेपानी खुवाउन १६ एमएमको फलामे लट्ठा र ३२ एमएमको पोलीथिन पाइप १ सय मिटर वारपार गरिएको छ ।


आश्रमका अध्यक्ष कृष्णराज ओलियाका अनुसार खानेपानीका लागि लट्ठा र पाइप तान्नेकार्य नेपाली सेनाको उदिपुर व्यारेकस्थित श्रीजंग गणसंगको समन्वयमा फूलबारीस्थित सुरक्षा पोस्टमा कार्यरत सैनिकले गरेको हो । क्याप्टेन रामकुमार थापाको कमान्डमा आएको विभिन्न दर्जाका २१ जना सैनिकले खानेपानी ल्याउन सहयोग गरेको उनले बताए । खानेपानीका लागि राइनास नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यसबाट २ सय मिटर पाइप र २ सय मिटर फलामको लट्ठा खरिद गरिएको थियो ।


मस्र्याङ्दी तारेर ल्याइएको पानीलाई यसअघि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा मस्र्याङ्दी नदी किनारमा निर्मित ६ हजार लिटर अट्ने सिमेन्टेड ट्यांकीमा ल्याइएको छ । उक्त ट्यांकीको पानी विजुलीमोटरमार्फत आश्रममा तानेर प्रयोग गरिएको आश्रामका अध्यक्ष ओलियाले बताए ।


गएको भदौ २७ गते मस्र्याङ्दीमा आएको भीषण बाढीले खानेपानीको पाइप बगाएपछि सर्वोदय जेष्ठ नागरिक आश्रममा खानेपानीको समस्या थियो । खानेपानीको पाइपलाइन वारपार गर्न लमजुङ विद्युत् उपभोक्ता संस्थाले प्राविधिक तथा विद्युत् खम्बा सहयोग गरेको थियो । ‘गाउँबाट ल्याइएको खानेपानी दिनमा २ घण्टा मात्रै आउँथ्यो । यसले खानेपानी भर्ने कि कसलाई के गर्ने हुन्थ्यो । खानेपानी पाइप बगाएपछि ५ महिनासम्म धेरै समस्या भोग्न बाध्य भयौं । जसोतसो वृद्धवृद्धा बुबाआमालाई खानेपानी खुवाइयो । अहिले पहिले बाढीले लगेको ठाउँबाट खानेपानी ल्याएपछि चौबीसै घण्टा सहज भएको छ’ उनले भने ।

प्रकाशित : माघ ५, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?