१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तातो तेलमा डढेकी नाबालिकाको उपचार खर्च अभाव

स्थानीयद्वारा ४१  हजार सहयोग
नारायण शर्मा

नवलपरासी — तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२  महिने नाबालिकाको  उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजम उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो ।

तातो तेलमा डढेकी नाबालिकाको उपचार खर्च अभाव

सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन् । कान्तिपुरसित पौडेलले भनिन्, 'जुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो ।' उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ ।


गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ । अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।


बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा संकलन गरेर ४१ हजार नगद सहयोग गरेका छन् । कावासोतीका एलएन दबाडीले घरदैलो गरेर ४१ हजार नाबालिकाको आमा विष्णुमायालाई दिएका हुन् । दबाडीका अनुसार स्थानीयले आर्थिक अवस्था कमजोर रहेका सिम्रौनको उपचारमा सहुलियत दिनसमेत अस्पताललाई गरेका छन् ।

प्रकाशित : माघ ६, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?