३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नाबालिकाको उपचार अस्पतालले निःशुल्क गरिदिने  

नारायण शर्मा

नवलपरासी — तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार भरतपुरतस्थित चितवन मेडिकल कलेजले निःशुल्क गरिदिने भएको छ ।

नाबालिकाको उपचार अस्पतालले निःशुल्क गरिदिने  

अस्पतालका निर्देशक डा हरिश न्यौपानेलाई उद्धृत गर्दै अस्पतालले सोमबार निकालेको विज्ञप्तिमा औषधि बाहेकको अस्पतालमा हुने सबै उपचार निःशुल्क गर्ने जनाएको हो ।


उनको समाचार कान्तिपुर अनलाइनमा आइतबार प्रकाशन भएको थियो । बालिकाको उपचारका लागि विभिन्न महानुभावहरूले करिब ७ लाख रुपैयाँ सहयोग गरेका छन् ।


गैँडाकोटको भृकुटीचोकमा ठेलागाडामा समस्या व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहार सहित शरीर डढेको छ। अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।


बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर ४१ हजार नगद सहयोग गरेका छन् ।


यो पनि पढ्नुहोस्ः

तातो तेलमा डढेकी नाबालिकाको उपचार खर्च अभाव

प्रकाशित : माघ ७, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?