कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पुर्पक्षका लागि वडाध्यक्ष थुनामा

दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोही वडाकी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

बलात्कारका अरोपी वडा अध्यक्ष रेग्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको न्यायाधीश ढकालले बताए । ‘जाहेरीवाली र मौका घटना विवरणका व्यक्तिहरूलाई बकपत्रका लागि बोलाउने काम भइरहेको छ,’ उनले भने,‘त्यसका लागि सरकारी वकिल र प्रहरीलाई जाहेरीवालीलाई झिकाउन निर्देशन दिएको छु ।’


पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित : माघ २४, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?