कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जलेर एकको मृत्यु

स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी-१ गाडखानीमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । स्थानीय २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

स्थानीय बलबहादुर थापामगरको २ तले टिनले छाएको कच्ची घरमा सोमबार बिहान साढे ४ बजे आगलागी हुँदा भुईँ तलामा सुतिरहेका कृष्ण जलिसकेर मृत्त अवस्थामा भेटिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।


आगलागीबाट घर तथा घरभित्र रहेको अन्नपात र सामान गरी करिब १४ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २८, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?