१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ट्यांकरकाे ठक्करबाट दुईको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–१६ डण्डामा ट्यांकरले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्यांकरकाे ठक्करबाट दुईको मृत्यु 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्यांकरले विपरित दिशातर्फ जाँदै गरेको बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।


साेमबार राति १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाइते भएका उनीहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–२ बस्ने युवराज घिमिरे र मोटरसाइकलमा सवार सोही ठाँउका पिताम्बर पाठक रहेका छन् ।


ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित : माघ २९, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?