बलात्कार आरोपित  वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत नवलपरासीले सोमबार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली दुईस्थित जंगलमा एक युवतीलाई करणी गरेको आरोपमा बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा उजुरी परेको थियो । युवती स्वयंले उजुरी दिएकी थिइन् ।
घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई नवलपरासीमा कारागार नभएका कारण जिल्ला कारागार चितवन चलान गरिएको छ ।

घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै मुद्दा चलाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

वडा अध्यक्षलाई बलात्कार आरोपमा नियन्त्रणमा लिइएको यो पहिलो घटना भएको प्रहरीको दाबि छ ।

प्रकाशित : माघ २९, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वाञ्चल बहिरा विद्यालयमा डेढ करोडको छात्रावास निर्माण

कान्तिपुर संवाददाता

सुनसरी — कान नसुन्ने बहिरा विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट पढ्ने पूर्वको एकमात्र शैक्षिक संस्था पूर्वाञ्चल बहिरा विद्यालयमा छात्रवास निर्माण गरिएको छ । दाताहरूको सहयोगमा करिब एक करोड ५० लाख खर्चिएर छात्रावास निर्माण गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक रेनुका बुढाथोकीका अनुसार अमेरिकाको द रोज इन्टरनेश्नल फण्ड फर चिल्ड्रेन (टिआरआइएफसी) का बोर्ड सदस्य रोज स्टेफन, त्यसका अध्यक्ष रवर्ट रोज र सदस्य जोनले सुस्त श्रवण कल्याण संघमार्फत् एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माण गरिएको हो। यो विद्यालयमा नि:शुल्क पठन पाठन हुन्छ।

विद्यालयले जग्गा किनेपछि शिक्षा विभागको समावेशी शिक्षा शाखाबाट प्राप्त ८३ लाख रुपैयाँले १६ कोठाको २ तलाको भवन निर्माण गरिएको हो।

विद्यालयका ५५ विद्यार्थीलाई आवासीय सुविधा भएको छात्रावासको पक्की घेरावारा, अन्य व्यवस्थाका लागि स्थानीयले आर्थिक सहयोग गरेका थिए।

विद्यालयमा हाल विभिन्न जिल्लाबाट ६९ बहिरा विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।

प्रकाशित : माघ २९, २०७५ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT