बागलुङ–काठमाडौँ बस सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा सुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ । 

बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६:३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।


“बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उनले भने, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।


बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?