कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रहरी हवल्दार अझै बेपत्ता

कान्तिपुर संवाददाता

म्याग्दी — प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको सुरक्षामा खटिएका प्रहरी हवल्दार हरिबहादुर कुमाल ४ दिनदेखि बेखबर छन । जिल्ला प्रहरी कार्यालयमा एक वर्षदेखि कार्यरत हवल्दार कुमाल केही महिनादेखि प्रजिअको सुरक्षामा खटिएका थिए ।

प्रजिअको निवासमा रहेको प्रहरी बिटबाट शुक्रबार दिउँसो औषधि किन्न बाहिरिएका कुमाल कार्यालय र परिवारको सम्पर्कमा नआएको र उनले प्रयोग गर्ने मोबाइल स्विचअफ गरिएको प्रहरीले जनाएको छ । ‘प्रहरीको केन्द्रदेखि तल्लो तहको युनिटसम्म खोजीमा छौं । परिवारले पनि छुट्टै खोजिरहेको छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङले भने, ‘सुरुम उनको व्यक्तिगत स्वभाव/आनीबानीबारे राम्रो जानकारी थिएन । अहिले खोजी गर्ने क्रममा विभिन्न स्वभाव र स्वास्थ्यको जानकारी संकलन गरिरहेका छौं ।’


प्रजिअको सुरक्षामा खटिएका पीएसओ नै बेपत्ता भएपछि जिल्लाको सुरक्षा खटनपटन र संगठनभित्र व्यक्तिगत प्रोफाइल राख्न प्रहरी चुकेको आरोप लागेको छ । प्रहरी स्रोतका अनुसार बेपत्ता प्रहरी हवल्दार कुमाल बागलुङ र गोर्खा रहँदा पनि यसरी नै बेपत्ता हुने गरेको परिवारले जानकारी गराएको छ ।


जिल्ला अदालत स्रोतका अनुसार यसअघि जिल्ला न्यायाधीशको सुरक्षामा खटाइएका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) एक प्रहरी हवल्दार पनि यसरी नै विनाजानकारी लामो समय बेपत्ता भएका थिए । सम्पर्कमा आएपछि उनले सेवाबाट नै राजीनामा गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?