१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कार्यालयमै ३ घण्टा थुनिए क्याम्पस प्रमुख

प्रतिक्षा काफ्ले

स्याङ्जा — गल्याङ क्याम्पस प्रमुख बालकृष्ण चापागाईं मंगलबार कार्यालयमै तीन घण्टा थुनिएका छन् । क्याम्पस हाताभित्र रहेको खानेपानीको धारामाथि टाँसिएको शिलालेखमा नाम नसच्याएको भन्दै नेपाल विद्यार्थी संघ गल्याङ इकाई आवद्ध विद्यार्थीले प्रमुख चापागाईंलाई थुनेका हुन् ।

गल्याङ् नगरपालिकाको सहयोगमा गल्याङ बहुमुखी क्याम्पसमा निर्मित खानेपानीको धारामाथिको शिलालेखमा अनेरास्ववियुद्वारा निर्मित भनी लेखिएपछि नेविसंघले नाम सच्चाउन आग्रह गरेको थियो । क्याम्पस प्रशासन र गल्याङ् नगरपालिकामा समेत पटक-पटक जानकारी गराउँदा दुबै पक्षले गलत भनी स्वीकार गर्ने तर शिलालेखमा लेखिएका वाक्यांश सच्चाउन नचाहेका कारण क्याम्पस प्रमुखलाई थुन्न बाध्य भएको इकाई सभापति छविलाल भूसालले बताए ।


सो शिलालेख गत माघ २२ गते टाँसिएको थियो ।

प्रकाशित : फाल्गुन १४, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?