कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीमा ग्याङ फाइट, एकको मृत्यु, १२ पक्राउ

लालप्रसाद शर्मा

पोखरा — मादक पदार्थ सेवन गरेका दुई पक्षबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ । अरु दुई जना घाइते भएका छन् । प्रहरीले १२ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका- च्याङलुङ गाउँमा शनिबार बिहान साढे १ बजेतिर दुई पक्षबीच विवाद उत्पन्न भएर एकापसमा कुटाकुट भएको प्रहरीले जनाएको छ । घटनामा पोखरा- १९ लामाचौर बस्ने २० वर्षीय मनोज गर्बुजाको मृत्यु भएको छ । शरीरको बाहिरी भागमा चोटपटक नदेखिए पनि गम्भीर घाइते उनलाई पोखराको फिस्टेल हस्पिटल लगिएकोमा उपचारका क्रममा बिहान साढे ३ बजे मृत्यु भएको थियो । घटनामा पोखराका शिव बानियाँ र लालबहादुर गुरुङ घाइते भएका छन् ।


प्रहरीका अनुसार मेला हेरेर रमाइलो गर्न भनि पोखराबाट ६ युवा च्याङलुङ पुगेका थिए । त्यस क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका युवा समूहबीच झगडा भएको थियो । झगडापछि निकेश गुरुङ, सुशील बानियाँ र दिनेश पुन भागेर राति नै पोखरा फर्किएका थिए । 'मादक पदार्थ सेवनका कारण घटना भएको देखिन्छ,' कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने, '१२ जना नियन्त्रणमा लिएका छौं । घटनाको अनुसन्धान भइरहेको छ ।'




प्रकाशित : फाल्गुन १८, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?