कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेनाका प्रवक्ता ढकाल गृहजिल्लामा सम्मानित 

प्रतिक्षा काफ्ले

स्याङ्जा — नेपाली सेनाका प्रवत्ता एवं सहायक रथी यामप्रसाद ढकाललाई गृह जिल्ला स्याङ्जामा सम्मान गरिएको छ । सहायक रथी भएसँगै चेम्बर अफ कमर्सद्वारा आइतबार उनलाई पहिलोपटक सम्मान गरिएको हो । उक्त अवसरमा स्याङ्जा जन्मिएर राज्यको उपल्लो दर्जामा पुग्न सफल ढकालसहित तीन जना सम्मानित भए ।

सेनाका प्रवक्ता ढकाल गृहजिल्लामा सम्मानित 

पुतलीबजार नगरपालिका-१ मालेबगरमा स्याङ्जा चेम्बर अफ कमर्सले गरेको प्रथम स्याङ्जा आँधीखोला महोत्सवमा सेनाका सहायक रथी ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । आँधीखोला गाउँपालिका-१ पंचमुलमा जन्मेर २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको अधिकृतमा प्रवेश गरेका ढकाल २०७५ साल कार्तिक ७ गते सहायक रथी र पुस २६ गते प्रवक्ता बनेका थिए ।


त्यस्तै पंचमुलमा जन्मिएर हिन्दु र शान्ति विषयमा विद्यावारिधी गरेका प्रदीप ढकाल पनि सम्मानित भए । उनी २०७४ साउनमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका थिए ।


त्यस्तै आँधीखोला-४ बागेफड्केका डा.गिरीधारी पौडेललाई पनि चेम्बरले सम्मान गरेको छ । पौडेल गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा सिफारिस भएका छन् । तीनै जनालाई प्रतिनिधिसभा सदस्य नारायण मरासिनी र चेम्बर अध्यक्ष नन्दकुमारी लम्सालले सम्मान गरे ।


सम्मानपछि सेनाका प्रवत्ता ढकालले आफू उच्च तहमा पुग्नमा जिल्लावासीको सहानुभूति रहेको बताए । उनले सम्मानको कदर गर्दै जिल्लाका लागि केही गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रकाशित : फाल्गुन २६, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?