कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुतली बमजस्तै विष्फोटक पदार्थ  निष्क्रिय पारियाे (अपडेट)

लालप्रसाद शर्मा

पोखरा — पोखराका दुई ठाउँमा राखिएको शंकास्पद बस्तु विष्फोटक पदार्थ रहेको पुष्टि भएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै पृथ्वी राजमार्गमा रहेका विष्फोटकलाई नेपाली सेनाले निष्क्रय बनाएको छ । 

भण्डारढिकमा सकेट बम र सभागृहचोकस्थित ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्र सुतली बमजस्तै सामान्य विष्फोटक पदार्थ रहेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि दुवै स्थान नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएका थिए । सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाएर सेनाले विष्फोटक पदार्थलाई निष्क्रय पारेको हो ।

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले विहीबार घोषणा गरेको नेपाल बन्दको क्रममा सोही पार्टीका कार्यकर्ताले विष्फोटक पदार्थ राखेकाे हुनसक्ने प्रहरीको अनुमान छ ।


.................................................................

पोखराका दुई ठाउँमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसको सेनाले जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

सभागृहचोकमै रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै प्लाष्टिकको जस्तो बट्टा बेरिएको र केही तारहरु पनि छन् । बिहान ५ बजेतिर कसैले ल्याएर छाडेको स्थानीयले प्रहरीलाई बताएका छन् । विष्फोटक पदार्थ रहेको आशंकामा उक्त स्थान अहिले सेना र प्रहरीको नियन्त्रणमा छ । सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।

भन्डारढिकमा पनि पृथ्वी राजमार्गमै सकेटबम जस्तो शंकास्पद वस्तु भेटिएको जानकारी पाएलगत्तै डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएका छन् । राजमार्ग भएकाले भण्डाढिकको समस्या समाधान र स्कर्टिङ गरी पर्यटक बसलगायत सवारी साधनलाई पार गराउने योजना प्रहरीको छ ।

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार राखेको नेपाल बन्दको क्रममा सोही पार्टीको कार्यकर्ताले यस्ता शंकास्पद वस्तु राखेकेा हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तु बारे सेनाले चेकिङ सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?