गैंडाकोटमा भेटिएका ७ बम निष्कृय

नारायण शर्मा

नवलपरासी — गैंडाकोट ९ थुम्सीको जयश्री पुल नजिकै प्लटिङमा छरपस्ट अवस्थामा भेटिएको ७ वटा बम सेनाले निष्क्रिय पारेको छ । बिहीबार मध्यान्ह भेटिएको २ वटा सुतली बम र ५ वटा पेट्रोल बम दिउँसो ४ बजे निस्क्रिय गरेको हो । 

नेपाली सेना झ्याल्टुङ डाँडाबाट आएको बम डिस्पोजल प्राविधिक टोलीले बम निस्क्रिय पारेका हुन् । झोलामा बम ओसारपसारमा संलग्न व्यक्तिहरुले बम छाडेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार

झोलामा खाजासमेत भेटिएको थियो ।



प्रकाशित : फाल्गुन ३०, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?